खबर पूर्वाञ्चल
स्वास्थ्य निर्देशनालय धनकुटाले विराटनगरमा आयोजित आर्थिक वर्ष २०७८–७९ मा सञ्चालित प्रदेशस्तरीय स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले जनताको स्वास्थ्यप्रति सरकार संवेदेनशील भएकाले जिल्ला अस्पतालहरु झापाको भद्रपुरमा २०० शैया, पाँचथर र भोजपुरमा ५० शैयाको स्तरान्नति गर्ने निर्णय गरिएको जानकारी दिए ।
मन्त्री यादवले विराटनगर–१० मा रहेको कोशी कोभिड अस्पताललाई नाम परिवर्तन गरि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रको रुपमा स्थापना गरिएको समेत बताए ।