खबर पूर्वाञ्चल
जय मिडिया म्यानेजमेन्ट प्रालिले किशोरीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्याक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा प्रदेश १ भरीबाट छनौट भएर प्रतियोगि फाइनलमा पुगेका छन् ।
यसरी फाइनलमा पुग्नेहरूमा मोरङको बेलबारीदेखि रिजा तामाङ, प्रतिक्षा कार्की, आयूषा खवास, झापादेखि आकृति गिरी, कुसुम निरौला, औरावनीदेखि प्रेरणा चौधरी, विराटनगरदेखि प्रकृति फुयाल, प्रिया नुन्दी, अनुपा विष्ट, कानेपोखरीदेखि सन्तोषी माया लिम्बु, भोजपुरदेखि नयमा राई, प्रशिका श्रेष्ठ, उषा राई, सुन्दरहरैचादेखि समिक्षा कार्की, पुर्णीमा देवी घिमिरे, पथरीदेखि स्मिता कार्की, टचस्टोन राई, अक्साना सुवेदी, रहेका छन् । यसैगरि विराटनगरदेखि आयुषा आचर्य, एलिजा राजवंशी, एन्जिला पन्त, दीपा साह, इटहरीदेखि सीमा सरदार, सोफिया गिरी, उर्लाबारीदेखि एलिजा तिम्सिना, उदयपुरदेखि सपना विश्वकर्मा, कटहरीदेखि एलिजा ठाकुर, धरानदेखि सुम्निमा राई, पूजा साह र झापा चारआलीदेखि पेरिसा बुढाथोकी फाइनलमा पुगेको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए ।
यसअघि फाइनलमा पुगेका प्रतियोगिहरूले ट्यालेन्ट शो र फोटो सुट पनि गरिसकेका छन् । प्रतियोगिताको बिजेताले स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर रहेको छ । ३० जना मध्ये एक जना प्रतियोगिलाइ आमा डबलम कलेज बिराटनगरले बिए, बिबिएस, र एकाउटीगं कुनै पनि विषयमा अध्ययन गर्न पूर्ण रूपमा स्कलरसिप प्रदान गर्ने भएको जय मिडिया म्यानिजमेन्ट प्रालिकी सिइओ निशा खतिवडाले जानकारी दिइन् ।