RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसर पारेर विराटनगरमा सरसफाई अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७९, आईतवार १८:४३
126
Shares
विराटनगर / ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसर पारेर विराटनगर महानगरपालिकाले सरसफाई अभियान सञ्चालन गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन भन्दै महानगरपालिकाले नयाँ जनप्रतिनिधि आएसँगै सरफाई विशेष अभियान सञ्चालन गर्दै आएको छ । सो अभियानअन्तर्गत प्रजातन्त्र दिवस मनाउने क्रममा महानगरले सरसफाई अभियान सञ्चालन गरेको हो ।

महानगरवासीलाई सरसफाईप्रति जागरुक बनाउन महानगरले नाचगानसहित सरसफाई गरेको थियो । कार्यक्रममा आदर्श माविका विद्यार्थी तथा शिक्षक, सफाई अभियानकर्मी मुकुन्द बस्नेत, महानगरका कर्मचारी, सरसफाई साझेदार संस्थाका प्रतिनिधिलगायतले सडक सफा गर्दै स्थानीयको ध्यानाकर्षण गराउन विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

आदर्श उच्च माविका विद्यार्थी, सरसफाई अभियानकर्मीको सहभागितामा पानीटंकीदेखि ट्राफिक चोकसम्म सफाई गरिएको महानगरको सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । नाचगानसहित सरसफाई गर्दा स्थानीयको ध्यानकर्षण हुने र उनीहरुसमेत आफ्नो घर, पसल र कार्यालय अगाडि सफा गर्न जागरुक हुने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर