AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन आयोग वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङ समक्ष पेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०८२, बुधबार १६:५९
36
Shares
विराटनगर / निर्वाचन आयोगले आफ्नो १९ आँै वार्षिक प्रतिवेदन आज कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष पेश गरेको छ ।

आयोगका कोशी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईले प्रदेश प्रमुख खापुङ्गलाई प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा(३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न आयोगको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताए । उनले सम्पूर्ण नेपाली जनतलाई सर्वभौम सत्ताको मालिक र राजकिय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गरे ।

प्रदेश प्रमुख खापुङ्गले जनताले विवेकपूर्ण रुपमा निर्वाचनमा मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई वलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिए ।उनले लोकतन्त्रलाई र प्रजातन्त्रलाई वलियो बनाउन जतनाको मत खाउने अधिकारीको व्यवस्थापनमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईले गत आर्थिक वर्षमा आयोगमा १२२ बटा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर