RUMPUM
animated ellipse animated ellipse

सरकारमा बसेकाले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न हुदैन : मन्त्री झाँकी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ फाल्गुन २०७८, बुधबार १७:३०
207
Shares
चितवन / नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छिन् ।

चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसीसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् ।

उनले भने, ‘कि त सरकार छोडेर सडकमा जानु र्पयो । कि सरकारमा बसेर सडकमा जानु भएन ।’ सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने मन्त्री झाँकीको भनाइ थियो । आफू सरकारमा रहेको हुनाले सरकारको विरोध गर्न नसक्ने उनको भनाई थियो ।

‘म झण्डा भएको गाडी र सुरक्षाकर्मीसहित हिँड्ने म नै सडकमा उही सुरक्षाकर्मीलाई ढुंगा हान्न कदापी मिल्दैन ।’ उनले थपिन् ।

आफ्ना पार्टीका नेता र कार्यकर्ता सडकमा आफू सरकारमा रहेको कारण दोधारमा रहेको उनले बताइन् ।

उनले भनिन, ‘विरोधाभाष कुरा हुँदैन । पार्टीले निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।’ सबै जिल्ला कमिटीलाई एमसीसीको विषयमा धारणा पठाउन आग्रह गर्दै मन्त्री झाँकी एमसीसी गलत भए आफूहरू ब्याक हुने बताइन् ।

आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसीसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । पार्टीको सचिवालयले एमसीसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् ।

‘नेपाली कांग्रेस पार्टी र प्रधानमन्त्री पूर्ण रुपमा एमसीसीको पक्षमा हुनुहुन्छ । म त्यही सरकारको मन्त्री मैले कसरी बिरोध गर्न कहाँ सक्छु र उनले भनिन्, अर्काेतिर हाम्रो पार्टीका नेता कार्यकर्ता एमसीसीको विरोधमा सडकमा हुनुहुन्छ, उहाँहरुले बोलाउँदैमा जान मिल्छ र ? तर पार्टीले जे निर्णय गर्छ त्यो चाहिँ स्वीकार्नुपर्छ ।’

तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसद्मा एमसीसी टेबुल गर्न चाहेको भन्दै मन्त्री झाँकी अहिले नेकपा एमालेको मौनताले केही असहज बनाएको बताइन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर