पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा रौतामाई गाउँपालिका–६ रातमाटेका सोमबहादुर तामाङ रहेका छन्। घटनापछि फरार रहेका उनलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गत कात्तिक ३० गते छठ पूजाका दिन दिउँसो करिब ३ बजे खेतबाट कोदो बोकेर घर फर्किँदै गरेकी किशोरीलाई बाटोमा घिसारेर नजिकैको झाडीमा लगेर जबरजस्ती करणी गरेको प्रारम्भिक उजुरीमा उल्लेख छ।
घटनाका बेला किशोरीकी आमा पनि सँगै थिइन्। बाटोमा पछाडि परेकी आमाले छोरी झाडीबाट रुँदै निस्किएपछि घटनाबारे थाहा पाएको बताइएको छ। प्रारम्भमा घटनाबारे स्पष्ट जानकारी नभए पनि सोधपुछका क्रममा भोलिपल्ट जबरजस्ती करणी भएको खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका तामाङविरुद्ध पीडित परिवार तथा आफन्तले मंसिर २ गते अस्थायी प्रहरी पोस्ट रौतापोखरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरी सदरमुकाम गाईघाट ल्याएको हो।
प्रहरीका अनुसार पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।