AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ४ सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा ३ सय ३२ संक्रमित थपिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७७, सोमबार १७:३०
729
Shares
विराटनगर / प्रदेश १ मा ४ सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा ३ सय ३२ संक्रमित थपिएका छन् ।

होम आईसोलेसनबाट ४ सय ५५, विराट मेडिकल कलेजबाट ७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको छ ।

आजै प्रदेश १ मा ३ सय ३२ जना संक्रमित थपिएका छन् । मोरङमा १ सय ४४, सुनसरीमा १ सय ३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् ।

मोरङको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३/३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २/२, बर्जु र स्थानीय तह नखुलेका १/१, झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १, इलामको रोङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ८८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर