AArya
RUMPUM
animated ellipse animated ellipse

उदयपुरमा एकै परिवारको तीन जनाको हत्या, हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७९, शुक्रबार २०:०५
3
Shares
उदयपुर / उदयपुरमा भएको एकैपरिवारको तीनजनाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुरसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको छ । आज विहान ११ बजे बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेतको बेलका नगरपालिका ७ स्थित वादिङ खोलामा टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई–तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’

प्रहरीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर