पूर्वाञ्चल खबर

प्रतिष्ठानको आज बसेको बैठकले डेढ दशकदेखि पत्रकारितामा सक्रिय नेपाललाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । स्काई एफएम, नेपाल वानमा काम गरिसकेका नेपाल हाल मकालु टेलिभिजनमा सहायक सम्पादक रुपमा कार्यरत छन् । त्यस्तै इटहरीकी साहित्यकार रीता ताम्राकारलाई प्रतिष्ठानले यस वर्षको साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’ले जानकारी दिए ।
ताम्राकार विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छन् । उनका विभिन्न कृति प्रकाशित छन् । ताम्राकारलाई पनि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रका साथ पुरस्कृत गरिनेछ । घोषित सबै पुरस्कार यही फागुन १९ गते झापाको बुट्टाबारीमा विशेष समारोहको आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।