विराटनगर / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताएका छन् ।
नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले स्थानीय निकायका नेकांका ३३२ प्रमुखहरुले संगठीत रुपमा जनताको कार्य गरि पार्टीलाई वलियो बनाउनु पर्ने बताए ।
महामन्त्री शर्माले लोकतान्त्रिक प्रणाली प्रतिको जनताको विश्वासलाई घनिभुत बनाउन जनप्रतिनिधिहरुको ठूलो भूमिका रहेको बताए । उनले स्थानीय निकायले प्राप्त अधिकारलाई सर्तकताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह समेत गरे ।
महामन्त्री शर्माले लोकतन्त्रमा लोकतन्त्रको विरुद्ध सडकमा प्रदर्शन गर्न पाउनु नै सबै भन्दा सुन्दर पक्ष भएको बताए । उनले अहिले हाम्रो ध्यान मुख्य रुपमा भूकम्पबाट पीडितहरुका लागि अस्थायी टहरा निर्माण एवं न्यानो कपडा व्यवस्था गर्नुपर्ने बताए ।
नेका केन्द्रीय सदस्यत्रय डा. डिला संग्रैला, सरिता प्रसाई र भीम पराजुलीले लोकतन्त्रको जग स्थानीय तह भएकोले जनप्रतिहरुलाई कानूनी अडचनका विषयहरुमा जानकारी दिनु पर्ने सुझाव दिए ।
कोशी प्रदेश सभा सदस्य हिमाल कार्की, नेकां मोरङ उपसभापति भक्ति माझी, गुरु घिमिरे,वरिष्ठ अधिवक्ता भरतबहादुृर थापा, समूहका मोरङ अधयक्ष डिल्लीप्रसाद दाहाल, कर्णाली प्रदेका अध्यक्ष पदमबहादुर शाही ,केन्द्रीय उपाध्यक्ष कविता वस्नेतले स्थानीय तहको कानून समस्या समाधान गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
तपाईको प्रतिक्रिया