RUMPUM
animated ellipse animated ellipse

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी तिब्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ माघ २०७९, सोमबार १६:०४
234
Shares
विराटनगर / नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी तिब्र पारिएको छ ।

महाधिवेशनको सन्दर्भमा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय संयोजक पर्शुराम बस्नेतले भब्यताका साथ सम्पन्न गर्ने गरि तयारी भइरहेको बताएका हुन्।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मुल उद्देश्यका साथ अघि बढेको महासंघले खेलकुदका विभिन्न प्रतियोगिता गर्दै महाधिवेशनको प्रचार प्रसारलाई व्यापकता दिने निर्णय गरेको छ ।

महासंघका इन्चार्ज समेत रहेका एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा विटनगरमा बसेको महाधिवेशन आयोजक कमिटीको मूल व्यवस्थापन समितिको बैठकले विभिन्न १५ वटा उपसमितिहरु गठन गरि तयारी तिब्र बनाएको हो ।

महासंघका केन्द्रीय संयोजक बस्नेतको संयोजकत्वमा राजनैतिक, सांगठनिक प्रतिवेदन लेखन उपसमिति, दिपेन्द्र दाहालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, भीम ओलीको संयोजकत्वमा विधान मस्यौदा उप समिति तथाम रुपेश अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन भएको छ ।

यस्तै स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन, खाद्यान्न व्यवस्थापन, मञ्च व्इवस्थापन तथा स्वागत उपसमितिमा क्रमशः शिवजी गुप्ता, सन्तोषी श्रेष्ठ र नन्दा बस्याल संयोजक रहेका छन् ।

जनपरिचालन उपसमितिमा सन्तोष वान्तवा संयोजक रहेका छन् भने खेलकुद प्रदर्शन उपसमितिको संयोजकको जिम्मेवारी ओमकृष्ण प्रसाईले पाएका छन् ।

यसैगरि अतिथि सत्कार, आवास व्यवस्थापन, प्रचार प्रसार तथा मिडिया समन्वय, स्वास्थ्य, यातायात तथा ट्राफिक व्यवस्थापन र जनसम्पर्क समन्वय उपसमितिको संयोजकमा क्रमशः शम्भु पौडेल, विप्लव घोष, तिर्थबहादुर खड्का, दिपक न्यौपाने, सलिल प्रधान र रोहित कोइराला रहेका छन् ।

करिब ५ सय ५० जना प्रतिनिधि सहभागि हुने महाधिवेशनको उद्घाटन समारोह भने एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने महासंघका संयोजक बस्नेतले जानकारी दिए। उनका अनुसार करिब ६५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको महाधिवेशनका लागि खर्च, प्रतिनिधि शुल्कसहित महासंघ भित्रबाट अधिकतम जुटाइने छ ।

फागनु ७ गतेदेखि सुरु हुने महाधिवेशनको बन्द सत्र भने विराटनगरको होटल मनास्लु इनमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर