AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले नेता घिमिरेद्वारा ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ फाल्गुन २०८२, शुक्रबार १९:००
54
Shares
विराटनगर / नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ४ का उम्मेदवार जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिका लागि ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो योजनाबद्ध मार्गचित्र सार्वजनिक गरेका हुन् ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये एमालेका उम्मेदवारहरूमा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने घिमिरे पहिलो हुन् । उनले आफ्नो प्रतिबद्धता पत्रमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, पर्यटन र युवा स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

घिमिरेले मोरङ, सुनसरी र झापाकै गौरवको आयोजनाका रूपमा रहेको तमोर–चिसाङ डाइभर्सनु परियोजना सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कटहरी, ग्रामथान र बेलबारीका ग्रामीण क्षेत्रलाई तरकारीको ुपकेट क्षेत्रु घोषणा गरी बजार व्यवस्थापन गर्ने, ग्रामथानको झोराहाटमा कोल्ड स्टोर निर्माण गर्ने र किसानलाई समयमै मल तथा बीउबिजन उपलब्ध गराउने योजना उनको प्राथमिकतामा छ।

स्वास्थ्य क्षेत्रतर्फ घिमिरेले बेलबारी, ग्रामथान र कटहरी गाउँपालिकामा १०० शय्याको अस्पताल स्थापना गर्ने महत्त्वाकांक्षी योजना अघि सारेका छन् । कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरी सस्तो र गुणस्तरीय सेवा दिलाउने तथा वर्तमान सरकारले २५ हजारमा झारेको स्वास्थ्य बिमाको सुविधालाई पुनः १ लाख रुपैयाँ नै कायम गराउने उनले बताए ।

विराटनगरलाई आईंटी हब बनाउने र रोजगार बैंकको अवधारणा कार्यान्वयन गरी युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ। श्रम बजारको आवश्यकता अनुसार युवाहरूलाई प्राविधिक तथा सीपमूलक तालिम दिने योजना समेत उनले अघि सारेका छन् ।

अधुरो रहेको विराटनगर रिङरोड निर्माण सम्पन्न गर्ने, नेताचोक–कसेनी–केरौन नहरको बाटो कालोपत्रे गर्ने र भारतको बथनाहादेखि कटहरीसम्म रेलसेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने घिमिरेको योजना छ। साथै, सिङ्घिया नदीको घिनाघाटदेखि जतुवा खण्डसम्मको भूभागलाई सौन्दर्यकरण गरी पर्यटन केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर