खबर पूर्वाञ्चल
साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा संघको निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा एमालेलाई विजयी बनाउने अभियानका साथ लाग्ने बताउए। उनले यसका लागि पार्टीका सबै ‘वीङ्स’लाई सक्रिय बनाई, प्रशिक्षण दिएर सामाजिक अभियानमा खटाइने बताए।
यहि सन्दर्भमा जिल्ला स्तरीय प्रशिक्षण साउन २३ गतेलाई तय गरिएको उनले जानकारी दिए। उनका अनुसार जिल्लाका सबै वडा कमिटीका पदाधिकारीदेखि माथिका नेता कार्यकर्ताको उपस्थिती रहने प्रशिक्षणलाई पार्टीका महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने भएक छन् । मोरङको सुन्दरहरैचा स्थित विराटचोकमा हुने प्रशिक्षण कार्यक्रम स्थानीय जेसिस भवनमा सञ्चालन हुने एमाले मोरङ प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाले बताए।