AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि सप्तकोशी स्कुललाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०८०, बुधबार १८:४७
2.32k
Shares
विराटनगर / प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि उर्लाबारीको सप्तकोशी सेकेण्डरी स्कुलले जितेको छ ।

प्याब्सन मोरङले आयोजनामा विराटनगरमा बुधबार सम्पन्न भएको हिज्जे प्रतियोगितमा सप्तकोशीले फाइनलमा ९ वटा स्कूललाई पछि पार्दै उपाधि जितेको हो ।

जितसँगै सप्तकोशीले नगद १५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि हात पारेको छ । साविक विजेता विराटनगरको मदरल्याण्ड एकाडेमी फस्ट रनरअप भएको छ । एकोडेमीले नगद १० हजार रुपैयाँको साथै आकर्षण ट्रफि तथा सेकेण्ड रनरअफ सुन्दहरैचाको सुविजिमुर मेमोरियल स्कुलले नगद ५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि हात पारेको छ ।

प्रतियोगितामा मोरङ जिल्लाको प्याब्सनमा आवद्ध ४० वटा स्कुलहरु सहभागि रहेको मोरङ अध्यक्ष प्रेमसिंह सुवालले जानकारी दिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दास, केन्द्रीय प्राज्ञिक परिषदका सदस्य रमेश मिश्रा, प्याब्सन कोशी प्रदेशका उपाध्यक्ष अर्जुन बस्नेत, प्याब्सन मोरङ अध्यक्ष प्रेमसिंश सुवाल प्याब्सन मोरङका वरिष्ठ सल्लाहाकार सावित्रा पराजुलीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर