निशानयात्राको तयारी पुरा

खबर पूर्वाञ्चल, २७ आश्विन २०७८, बुधबार १८:०२

कुमोद अधिकारी
विराटनगर । प्रत्येक वर्ष जस्तै यो वर्षपनि आयोजना हुने पैदल निशान ध्वजा यात्रा–२०७८ को तयारी पुरा भएको छ ।

दशैको महानवमी अर्थात विहिबार विहान ८ वजे विराटनगर स्थित कालीमन्दीरवाट पार्चौ निशान यात्रा प्रारम्भ हुर्दैछ । विराटनगर स्थित कालीमन्दिरवाट प्रदेश १ का राज्यमन्त्री लिलावल्लभ अधिकारी , ज्ञानेश्वर राजवंशी तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निशानयात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

ध्वजा पताखा वोकेर भजन कृतन सहित पैदल निस्कने सो यात्रामा सहभागी भक्तजनहरु २२ किलोमिटर हिडेर रंगेली स्थित प्राचिन काली मन्दिरमा पुगेर निशान यात्राको ध्वजा चढाउने जनाइएको छ ।

करिव ४ सय भक्तजन सहभागी हुने सो यात्रा ५ घन्टामा रंगेली स्थित कालिमन्दिर पुग्ने निशान यात्रा आयोजक समितिका अध्यक्ष मनोज अग्रवालले वताए । सवै जातजाती समुदाय सहभागी सो यात्राले २२ किलोमिटरको दुरी तयगर्ने क्रममा ८ ठाउँमा पाचदेखि दश मिनेट विश्राम लिने उनले वताए ।

शरिरलाई कष्ठ दिदै विराटनगरवाट पैदल हिडेर रंगेली स्थित कालिमातालाई शुद्धमनले ध्वजा चढाउँदा मनोकामना पुरा हुने भएकाले निशानयात्रा प्रती भक्तजनको विश्वास वढदै गएको पाइन्छ । वलि नचढाइ शुद्धमनले देवी माताको पुजा गर्दापनि पुन्य कमाउन सकिने भक्तजनको विश्वास रहेको छ । देवीमाता प्रतीको विश्वासका कारण दशैको वेलामा पनि रमाउन छाडेर पैदल हिडेर कालीमन्दिर पुग्न भक्तजनको यात्रामा उल्लेखनिय सहभागीता हुने गरेको छ ।

रंगेली मन्दीर पुगेका भक्तजन लाई पुनः विराटनगर ल्याउन तथा विचविचमा क्याम्प सञ्चालन गर्न तथा भक्तजनहरुको सेवाका लागी विभिन्न उपसमिति समेत गठन भएका छन् ।

विराटनगर रंगेलीको विचमा पर्ने पालिकाका मेयर तथा गाउँपालिका अध्यक्ष हरुले पालिकाको सिमाना कट्न लाग्दा एक पालिकाको मेयरले अर्कोपालिकाका मेयरलाई निशान यात्राको ध्वजा हस्तान्तरण गर्ने समितिका अध्यक्ष अग्रवालको भनाई छ । जस्तो विराटनगरको सिंगिया खोला कटेपछि विराटनगर महानगरपालिकाको मेयरले कटहरी गाउँपालिकाका अध्यक्षलाई ध्ववजा हस्तान्तरण गर्नेछन् ।

यात्रामा सहभागी भक्तजनहरुले खुट्टामा छालाको चप्पल जुत्ता तथा वेल्ट लगायत कुनैपनि छालाका सामाग्री प्रयोगगर्न निशेध गरिएको छ । छाला वाहेको जुत्ता भने प्रयोग गर्न पाइने समितिले जनाएको छ ।

कोभिडका कारण सहभागी भक्तजनहरुलाई अनिवार्य मासको प्रयोग गर्न र स्वास्था सावधानी अपनाउन समेत आग्रह गरिएको समितिका अध्यक्ष अग्रवालले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५