RUMPUM
animated ellipse animated ellipse

निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा मिश्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ पुष २०७९, सोमबार १८:१६
252
Shares
विराटनगर / निर्माण व्यवसायी संघ मोरङको अध्यक्षमा महेशकुमार मिश्र निर्विरोध निर्वाचित भएका छन् ।

संघको विराटनगरमा आज सम्पन्न भएको १६ औं अधिवेशनबाट मिश्र अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्विरोध निर्वाचित भएका मिश्रको विराटनगर ६ मा एस.एस. निर्माण सेवा रहेको छ ।

समितिको प्रथम उपाध्यक्षमा धुर्वराज कार्की, द्वितिय उपाध्यक्ष रमेश कोइराला, महासचिव उत्तमराज जोशी, सचीवमा राधेश्याम कट्टेल, कोषाध्यक्ष दाताराम पौडेल र सह कोषअध्यक्षमा संजय कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

समितिको अन्य सदस्यहरूमा नवीनप्रसाद दाहाल, धिरज प्रताब कार्की, हरेराम कामत, राज कुमार कार्की (राजु), दुस्यन्त पौडेल, भोजराज पोखरेल र बद्री प्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सोमबार संघको भवनमा निर्वाचन आयुक्त रुपेश कोइरालाले प्रमाणपत्र वितरण गरेका छन् । निर्वाचन समितिले पुस १५ गते निर्वाचन तालिका सार्वजानिक गरेको थियो । संघको विधान अनुसार पदाधिकारीमा ७ र सदस्यहरूमा ७ जनाको मात्र उम्मेदवारी परेको र कसैको पनि दाबी विरोध नपरेको कारणले विधान सम्मत उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त कोइरालालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर