AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश योजना आयोग– आयोजना बैंक व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०८२, बुधबार २०:०३
522
Shares
विराटनगर / कोशी प्रदेश योजना आयोगले तीन तहका सरकारको सहकार्यमा आयोजना वैंक व्यवस्थापन प्रणालीको विकास गरी कार्यान्वयन ल्याउने भएको छ।

योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस प्रणालीको विकासबाट खल्तीवाट तथा स्थानीय निकायहरुलाई योजना समावेश गर्न मन्त्रालयमा धाउने प्रथाको अन्त्य हुने जानकारी दिए ।

यसले विकास आयोजनाहरुको बैज्ञानिक आधारमा छनौट गर्ने व्यवस्था स्थापित गर्ने, योजनाहरुको स्पष्ट वर्गीकरण तथा प्राथमिकता निर्धारण गर्नु ,सीमितस्रोत र साधनको अधिकृतम उपयोग सुनिश्चित गर्नु,दोहोरो योजनाको अन्त्य गर्दै विकास प्रवद्र्धन गर्ने,पारदर्शीता, जवाफदेहिता र परिणामुखी योजना प्रणालीको विकास गर्ने र दीर्घकालिन योजना व्यवस्थापनलाई सस्थागत गर्नु मुख्य उद्देश्य रहेको उनले बताए। उनले यस कार्यवाट प्रदेशको समग्र विकासलाई थप सुदुढ , समावेशी तथा दिगो बनाउने विश्वास जनाए ।

आयोगले हिमाली र पहाडी जिल्लाहरुको बसाई सराईको न्यूनियनकरण गर्न तथा तराइको जनसङ्ख्यालाई त्यसतर्फ आकर्षि गर्ने उपायहरुको खोजी गरी स्रोत सुनिश्चितताका साथ आवश्यक योजना तथा आयोजनाक र कार्यक्रमहरु त्यसतर्फ तर्फ प्रवाहित गर्न वास्तविक अवस्था पहिचाननको अध्ययन गर्ने छ ।

आयोगले आयोजना बैंकका लागि प्रदेशसभा सदस्य र कर्मचारी गरी आठ सयलाई अभिमुखी तालीम दिएको छ पत्रकार सम्मेलनमा जानकारी गरायो ।

आयोजना बैंकमा पूर्व सर्भेक्षण प्रस्ताव, व्यवसायिक योजना, जग्गा उपलव्धता भएमा मात्र वैकमा योजना प्रविष्ट हुने र आगामी बैशाख ५ गते राति १२ बजेदेखि सिष्टम लक हुने सोही अवसरमा जनाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर