खबर पूर्वाञ्चल
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुसंग आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारी काम गर्न सकिने बताए ।
मन्त्री कार्कीले सुरक्षाकर्मी, स्थानीय र सरकारी प्रतिनिधिको साझा प्रयासमा जोड दिंदै भने स्थानीय रुपमा हामीले नगरपालिकाका नगर प्रहरीहरूलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सकिन्छ ।
मन्त्री कार्कीले आन्तरिक मामिला मन्त्रालयले विपद्मा पर्ने संभावित क्षेत्रको म्यापिङ गराएर उपलब्ध साधनस्रोतको परिचालन र वितरणका निम्ति अन्य मन्त्रालयहरू संग समन्वय गर्ने बताउए । मन्त्री कार्कीले विपद्का लागि अति आवश्यक वस्तुको व्यवस्थापनमा कमजोरी नगर्ने बताए ।
मन्त्री कार्कीले जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भएकोले उनीहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले झुक्झक्याउनु पर्नेमा जोड दिए । त्यस अवसरमा ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुनकुमार मण्डलले जिल्लामा विपद्बाट हुने गरेको क्षति र बचाव सम्बन्धी भए गरेका कामबारे जानकारी गराए।