खबर पूर्वाञ्चल
स्वास्थ्य कार्यालय मोरङले जहदा १ जनता बाल आधारभूत विद्यालयमा आज एक कार्यक्रम आयोजना गरि खोप कार्यक्रमको शुभराम्भ गरेको हो । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले भ्यासिनको डिब्बा स्वास्थ्यकर्मीलाई दिएर खोप कार्यक्रमको शुभराम्भ भएको थियो ।
पाँच वर्षभन्दा माथि र १२ वर्षभन्दा मुनिका बालवालिकाहरूको लागि ‘फाइजर बायोएनटेक’ खोप लगाउने कार्यक्रम मोरङमा सुरु भएको खोप शाखा प्रमुख कन्हैया साहले बताए ।
मोरङ जिल्लाभरीको १७ वटै स्थानिय तहहरूमा असार १२ देखि १७ गतेसम्म खोप लगाइन्छ । खोप शाखा प्रमुख साहले मोरङमा ५ वर्षभन्दा माथि र १२ वर्षभन्दा मुनिका १ लाख ४५ हजार बालवालिकलाहरूलाई खोप लगाउने लक्ष्य लिएको बताए ।
७ सय जना स्वास्थ्यकर्मी र १ हजार ६ सय जना स्वयमसेवीहरूले १७ वटै स्थानिय तहको खोपकेन्द्रमा पुगेर कोभिड १९ विरुद्धको खोप बालवाकिलाहरुलाई लगाउने सुरु गरेका छन् ।
खोप अभियानमा बोल्दै स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताले बालवाकिलाहरूलाई लगाइने खोप ९१ प्रतिशत प्रभावकारी रहेको बताए । ‘फाइजर बायोएनटेक खोप अमेरिकामा बनेको हो । यो धेरै सुरक्षित रहेको छ,’ डा. मेहताले भने, ‘ढुक्क भएर खोप लगाउन बालवाकिलाहरु र अभिभावकलाई आग्रह गरेका छन् ।’
जिल्लाको ७ सय ९६ वटा खोपकेन्द्रहरूबाट बालवालिकाहरुलाई खोप लगाइन्छ । खोपकेन्द्र स्थानिय तहमा रहेको विद्यालय, स्वास्थ्य संस्थाहरूमा खोप लगाइन्छ ।
कार्यक्रममा जहदा गाउँपालिका प्रमुख जितेन्द्रप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन, वडाअध्यक्ष बावुराम राजवंशी र जनता बाल आधरभूत विद्यालयका प्रधानध्यापक विरेन्द्र प्रसाद मण्डलले खोप प्रभावकारी भएकोले ढुक्क भएर लगाउनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया