AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०८२, सोमबार ०७:१४
90
Shares

विराटनगर / प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो ।

फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन ।

प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।

आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ । जस अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पनि नहुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर