animated ellipse animated ellipse

वृद्धाश्रमलाई लायन्स क्लब विराटनगरद्वारा कपडा वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० असार २०७७, शनिबार १९:४९
3
Shares
विराटनगर / विराटनगर ८ मा रहेको अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रममालाई लायन्स , लियो क्लब अफ विराटनगर युनिकले कपडा वितरण गरिएको छ ।

क्लबका अध्यक्ष प्रवीण अग्रवालको अध्यक्षतामा वृद्धाश्रममा आज कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले नेपाल प्रहरीको पेसा जनताका लागि सेवा दिने भएकाले जनताको जीवन रक्षाका लागि २४ सै घण्टा खट्नु पर्दा त्यसैमा खुसी मिल्ने गरेको बताए ।

उनले भने, ‘मानव सेवा गर्नु भनेको त्याग हो, आफ्नो व्यक्तिगत जीवन नै भुलेर कसैको सेवा भावमा जीवन समर्पित गर्नु भनेको ठुलो त्याग हो ।’

वृद्धाश्रम आफैमा एक विशुद्ध सामाजिक संस्था रहेकाले अप्ठ्यारो अवस्थामा रहेका वृद्ध, वृद्धाहरुलाई निस्वार्थ भावले सेवा दिँदै आएकाले लायन्स क्लबबाट केही सहयोग गर्दा राहत मिल्छ भन्ने उद्देश्यसहित सहयोगी हात बढाएको अध्यक्ष अग्रवालले बताए ।

अग्रवालका अनुसार १५ थान बेड कभर, हेन्ड वासलगायतका सामान वृद्धाश्रमलाई उपलब्ध गरार्ईएको हो ।

त्यस्तै आजै लियो क्लब अफ विराटनगर युनिकले मास्क, हेण्ड वास लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

कपडा वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक विकाश राई, सामाजिक अभियन्ता पेरिस सुवेदीलगायत लायन्स क्लब अफ विराटनगर युनिक र लियो क्लब अफ युनिकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर