AArya
RUMPUM
animated ellipse animated ellipse

सवारी चालकको स्वास्थ्य परीक्षणमा ११ जना लागूऔषध सेवन गरेको भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० चैत्र २०८१, बुधबार १८:५८
72
Shares
बेलबारी /मोरङ बेलबारी नगरपालिका १ स्थित ट्राफिक प्रहरी पोष्ट बेलबारी अगाडिको पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरी र बिराट आखाँ अस्पताल विराटनगरको सहकार्यमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ११५ जना चालक, सहचालक तथा स्थानीय व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण अन्तर्गत रक्तचाप जाँच, आँखा परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार कार्यक्रममा ५५ जना विभिन्न सवारी साधनका चालकहरुको लागूपदार्थ सेवन (लापसे) जाँच गरिएको थियो । जाँचका क्रममा ट्रक, टिफर, बस, याबु बहाक, स्कुल बस, ट्याक्टर, म्याजिक, कार र मोटरसाइकल चालकहरुको परीक्षण गरिएको थियो ।

सार्वजनिक र निजी सवारी साधन चलाउने ५५ जनाको परीक्षण गर्दा ११ जनाले लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएको छ,’ प्रहरी निरीक्षक लम्सालले बताए । यो संख्या परीक्षण गरिएका कुल चालकहरुको २० प्रतिशत भन्दा बढी हो, जुन निकै चिन्ताजनक अवस्था हो ।

कार्यक्रममा सहभागी चिकित्सकहरुले लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा हुनसक्ने खतराका बारेमा चालकहरुलाई जानकारी दिएका थिए । साथै, उनीहरुले सवारी चलाउँदा निद्रा नलाग्ने गरी स्वस्थ्य रहन र आँखाको नियमित जाँच गराउनुपर्ने सल्लाह दिएका थिए । यस किसिमको कार्यक्रमले सवारी चालकहरुमा स्वास्थ्य प्रति सचेतना बढाउन र सडक दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । ‘हामीले यस्ता कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जानेछौं । सवारी चालकहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई सचेत गराउन आवश्यक छ,’ प्रहरी निरीक्षक लम्सालले थपे ।
प्रहरीले लागूपदार्थ सेवन गरेर सवारी चलाउने ११ जना चालकहरुलाई कानूनी कारबाहीको दायरामा ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर