animated ellipse animated ellipse

नर्सिङ्ग संघले मनायो अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० बैशाख २०८०, शनिबार १८:३७
207
Shares
विराटनगर / नेपाल नर्सिङ्ग संघले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको छ । विराटनगर ४ नोबेल पछाडी आफ्नै नवनिर्मत भवनमा आज एक कार्यक्रम आयोजना गरी नर्सिङ्ग दिवस मनाएको हो ।

संघको भवनमा निर्माणमा उल्लेखिनय योगदान पु¥याउने दुई जनालाई संघले सम्मान गरेको छ । जग्गा दाता होमादेवी न्यौपाने र नेपाल नर्सिङ्ग संघको निर्वतमान केन्द्रीय सदस्य अन्जुला कार्कीलाई सम्मान गरिएको छ । उनीहरुलाइ कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको संघको सचिव मेनुका भण्डारीले जानकारी दिइन् ।

सोही अवसरमा नर्सिङ्ग संघ आफ्नै भवनको सरेको छ । नवनिर्मित भवनको उद्घाटन कार्यक्रम प्रमुख अतिथि जग्गादाता होमादेवी न्यौपानेले गरिन् । सभाहलसहितको एक तलाको पक्की भवन संघको निर्माण पुरा भइ संचालनमा आएकोको अध्यक्ष कविता अधिकारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर