animated ellipse animated ellipse

अवैध घरेलु रक्सीको उद्योगमा प्रहरीको छापा, ठूलो परिमाणमा रक्सी बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७७, शुक्रबार २०:०२
954
Shares
विराटनगर / विराटनगर १२ बखरी प्रहरी चौकी अगाडी अवैध रूपमा घरेलु रक्सीको उद्योगमा प्रहरीले छापा हानेर ठूलो परिमाणमा रक्सी बरामद गरेको छ ।

प्रहरीले विक्री गर्ने तयारी गरेको रक्सी, कच्चा पदार्थ र सामाग्रीहरू आज बरामद गरेको हो ।

पाथीभरा टोल बस्ने साईमन तामाङको घरमा अवैध मदिरा उत्पादन गरिरहेको भन्ने गोप्य सूचना आएपछि वडा प्रहरी कार्यालय विराटनगर डिएसपी वेदप्रसाद गौतम र प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले अवैध रक्सी बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले रक्सी बनाउने चार हजार लिटर कच्चा पदार्थ, ४० लिटर घरेलु मदिरा र मदिरा निर्माण गर्न प्रयोग गरिएका भाँड बरामद गरेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी गौतमलले बताए । प्रहरीले बरामद गरेको रक्सी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने भएको छ ।

यस्तै सोही दिन मोरङ बुढिगंगा गापा ६ कोरिया चोक स्थितबाट पनि १ सय ६० लिटर घरेलु मदिार बरामद गरेको छ । प्रहरी चौकी कोयलपुरबाट खटिएको टोलीले उतरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ५९८० नम्बरको टेम्पुमा अन्दाजी १६० लिटर घरेलु मदिरा गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले मदिरा सहित टेम्पु चालक बुढिगंगा गापा १ बस्ने २३ वर्षिय सुमन भुजेल र सवार बेलबारी नपा ११ बस्ने बर्ष ४० कि मिना तामाङ, सोही ठाउँका की सबिता राईलाई नियान्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर