निजी विद्यालयका शिक्षकलाइ तालिम

खबर पूर्वाञ्चल, १३ श्रावण २०७९, शुक्रबार १८:३१
594
Shares
विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शिक्षकहरूलाई दुई दिने नयाँ पाठ्यक्रम सम्बन्धी तालिम सुरू भएको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी नयाँ पाठ्यक्रम (कक्षा ४, ७, र ९ ) प्रबोधीकरण सम्बन्धी दुई दिने तालिम सुरू भएको हो ।

तालिममा नेपाली, गणित, अंग्रेजी र विज्ञान बिषय पढाउने शिक्षकहरूको सहभागि रहेको छ । नयाँ पाठयक्रमको प्रबोधिकरण गराउने उद्देश्यले तालिम आयोजना गरिएको प्याब्सन मोरङकी अध्यक्ष शीतला सुब्बाले जानकारी दिइन् । दुई दिनसम्म संचालन हुने तालिमको सहजिकरण बिज्ञान विषयमा लिलाकान्त बन्जारा, गणीतका टंकप्रसाद न्यौपाने, अंग्रेजीका इन्द्र चौहान र नेपाली विषयका प्रभात नेपालले गर्नेछन् ।

दुई दिने सम्म संचालन हुने तालिममा ३३ निजी विद्यालयका ६६ जना शिक्षकहरूको सहभागिता रहेको प्याब्सन मोरङको कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५