खबर पूर्वाञ्चल
कलेजले १० औं ब्याचको विज्ञान संकायका ४ सय ५० जना अध्यरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी विदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसान परीक्षामा उत्कृट हुने ४० जना विद्यार्थीहरुलाई करिव ३० लाख बराबरको छात्रवृत्तीसहित पुरस्कृत गरेको छ । सोही अवसरमा एमविविएसका पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल राजु महतो, निश्चल बस्नेत, दिप्ति श्रेष्ठ, सोनिया कामत, अरुण चौधरी र विराज अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो ।
विदाई कार्यक्रममा कक्षा–११ का विद्यार्थिहरुले नृत्य र गित गाएर उनीहरुलाई मनोरञ्चन प्रदान गरेका थिए ।
कार्यक्रममा कलेज व्यवस्थापन संकायका अध्यक्ष खुशीराज श्रेष्ठ। कलेजका सञ्चालक प्राडा तेजनारायण मण्डल, ठा. जनक अधिकारी, विष्णु दाहाल, शंकर काफ्ले र कलेजका प्रिन्सिपल भुवन नेपाललगायतले शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । कक्षा–१२ का राजनारायण महतो र श्रद्धा गुरागाईले कलेजमा दुई वर्ष वितेका अनुभव सुनाएका थिए ।