खबर पूर्वाञ्चल
चार जनाको समूह बनेर बर्खायाममा खोलामा आएको बाढीको जोमिख मोलेर काम बिशेषले आवतजावत गर्ने सर्वसाधरणहरूको सवारी साधन तारिदिने गरेको बेलबारी नगरपालिका – ५ कसेनीका ढोडन चौधरीले बताए । लोहन्द्रा खोलामा बाढी आउँदा यहाँका चार जनाको दरले ३ समूहले सवारी साधनहरू तारिदिने गरेका छन् । बाढीमा जोखिम मोलेर मोटरसाइकल तारेको खोलामा आएको बाढीको बहाभ हेरेर मुल्य लिने गरेको स्थानिय चौधरीले बताए । ‘सामान्य बढी आउँदा प्रति मोटरसाइकल १ सय रूपैयाँ लिने गरेका छौं,’ उनले भने, ‘अलिक ठूलो बाढी आएको खण्डमा १ सय ५० देखि २ सय रुपैयाँसम्म लिने गर्दछौं ।’ लोहन्द्रा खोला भएर दैनिक आवतजावत गर्नेहरू पनि छन् । उनीहरूको मोटसाइक तारेको भने १ सय रूपैयाँ लिने गरेका छन् ।
लोहन्द्रा खोलाको बाढीको बापजुत पनि काम बिशेषले मोरङको ग्रामथान गाउँपालिको नेताचौक हुदै बेलबारी नगरपालिको बाहुनी भएर पूर्व–पश्चिम गर्नेहरू थुप्रै छन् । यहाँका स्थानियले दैनिक २० देखि २५ वटा मोटरसाइकल बाढीमा तारने गरेको उनीहरूको भनाई छ ।
२०७४ साउनमा आएको अविरल वर्षासँगैकोे बाढीले लोहन्द्रा खोलाको पुल भत्किएको थियो । पुल भत्किएको तीन वर्ष भन्दा बढी हुदा पनि निमार्णको प्रक्रिया भर्खर सुरू हुदा बर्खाको समयमा सबैभन्दा बढी आवगमनमा समस्या हुने गरेको स्थानिय बताउँछन् । हिउँदो याममा अस्थायी रुपमा स्थानियले बाँसको पुल बनाएर काम चलाएपनि बर्खायाम सुरु भएसँगै धेरै समस्या हुने गरेको बेलबारी नगरपालिका ६ का बाहुनीका मुर्ती गच्छदारले बताए ।
अस्थायी रुपमा बासको पुल लगाएर साईकल, मोटरसाइकल यात्रुहरुलाई हिउँदोमा सहज भएपनि बर्खायाम लागेसँगै आवागमन ठप्प हुन्छ । नेताचौकदेखि बाहुनीसम्म जोड्ने खडक खण्ड अन्र्तगतको लोहन्द्रा खोलाको पुल नबनेपछि समस्या भएको गच्छदारले बताए । ‘काम विशेषले नेता चोकहुदै विराटनगर ओहोरदोहर गर्नुपर्दछ,’उनले भने, ‘जोखिम मोलेर अहिले यहाँका स्थानिय बाढी तरेर जाने गरेका छन् ।’ बर्खायाम खोलमा बाढी आउने भएकोले विराटनगर जानुप¥यो भने महेन्द्र राजमार्ग हुदै धेरै घुमरेर विराटनगर पुग्नुपर्ने झन्झटले यहाँका स्थानिय जोखिम मोलेर लोहन्द्रा खोलामा आएको बाढी तरेर जाने गरेका छन् ।
लोहन्द्रा खोलाको पुल भत्काएपछि स्थानियले अस्थायी रुपमा बनाएको बाँसको पुल पनि केही दिनअघि आएको बाढीले बगाइदिएको छ । त्यसपछि होमपाइप राखेर बनाएको अर्को पुल पनि बगाएपछि लोहन्द्रा खोला वारीपारीका सर्वसाधरण मारमा परेका छन् । उक्त पुलबाट दैनिक हजार बढी मोटरसाइकल र सयौं ट्रयाक्टर, ट्रक र बसहरु आवत–आवत गर्दै आएको थियो ।
लोहन्द्रा खोलाको पुल सुनसरी मोरङ सिचाई आयोजना निमार्ण हुँदा नै बनाइएको थियो । हाल लोहन्द्र खोलाको पुल सिचाइकै स्वामित्वमा छ । पुलसँगै सिचाई अयाोजनका साइफन पनि खोलाले बगाएको छ ।
पुल निमार्णको लागि ठेक्का लागेको सुनसरी–मोरङ सिचाइ आयोजना विराटनगरका प्रमुख आन्नद किशोर धामीले जानकारी दिए । सो पुलको निर्माणको ठेक्का २९ करोड ९७ लाख ५७ हजार ७ सय ७१ रूपैयाँमा आशिष समिनारायण आर्शिवाद जे.बी. धरानले लिएको हो । गत चैत ३० गते सम्झौता भएको भए पनि निर्माण प्रक्रिया अगाडी बढेको छैन । २०८० सालको भदौ ३० गते गर्ने पुलको निर्माण कार्य सम्पन्न गरिने सम्झौतामा उल्लेख छ ।