AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा ५२ जनामा कोरोना संक्रमण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७८, मंगलवार १६:२६
135
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण भएको छ । ३३७ जनाको पीसीआर परीक्षण गर्दा २२ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, सुनसरी र पाँचथरमा २–२, उदयपुर, तेहृथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको दमक र विर्तामोडमा २–२, मेचीनगर र बुद्धशान्तिमा १–१, मोरङको विराटनगरमा २, सुन्दरहरैचा, बेलबारी र सुनबर्षीमा १–१, सुनसरीको इनरुवा र इटहरीमा १–१, पाँचथरको फिदिममा २, उदयपुरको बेलका, तेहृथुमको म्याङलुङ र इलामको इलाम नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२ महिला र २३ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ९९० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर