विराटनगरमा विश्व एक्वेटिक दिवस मनाइयो

खबर पूर्वाञ्चल, ३ श्रावण २०७८, आईतवार २१:२६

विराटनगर । विराटनगरमा विश्व एक्वेटिक दिवस मनाएको छ । मोरङ जिल्ला पौडी संघ र विराट स्विमिङ्ग एसोसिएसनको संयुक्त आयोजनामा विराटनगरस्थित फन एण्ड फुट भिलेज रिसोट भित्र रहेको स्विमिङ्ग पुलमा विश्व एक्वेटिक दिवस मनाएको हो ।

काठमडौँलगायत मोफसलका जुलाई १५ मा सुरु भएको यो दिवस आइतबारसम्म विभिन्न कार्यक्रम गरि मनाइन्छ । कोभिड मापदण्डको पालना गरी विश्व पौडी दिवस विराटनगरमा मनाइएको विराट स्विमिङ्ग एसोसिएसनका अध्यक्ष इन्द्र राजभण्डारीले जानकारी दिए । यसअघि संघले विश्व एक्वेटिक दिवसमा पौडी प्रतियोगिता आयोजना गरि मनाउने गरेको थियो । यस पटक कोभिड १९ को कारणले पौडी प्रतियोगिता नगरि औपचारिक कार्यक्रम आयोजना गरि मनाएको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५