AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरीमा प्रहरीले कारबाट बरामद गर्‍यो खाली बन्दुक, चालकसहित ५ जना भागे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०८२, सोमबार १८:१५
198
Shares
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–५, अमहा सिमसार क्षेत्रमा शंकास्पद रूपमा रोकिएको कारबाट प्रहरीले राइफल खाली बन्दुक बरामद गरेको छ। सो कारमा सवार चालकसहित ५ जना व्यक्ति भने प्रहरी देख्ने बित्तिकै जंगलतर्फ भागेका छन्।

शनिबार राति करिब १२ बजेर ५० मिनेटमा विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले अमहा सिमसार क्षेत्रको भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त घटना भएको हो।

धरानबाट कालाबञ्जारतर्फ गइरहेको बा. ६ च. ८४०३ नम्बरको कालो रंगको कार रोकेर चेकजाँच गर्न खोज्दा त्यसमा सवार व्यक्तिहरू जंगलतर्फ भागेका थिए। प्रहरी टोलीले उक्त कार नियमानुसार जाँच गर्दा कारको बिचको सिटमा एउटा राइफल खाली बन्दुक फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

बरामद गरिएको राइफलमा कुनै गोली नभएको पुष्टि गरिएको छ। हाल उक्त कार र बन्दुकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

फरार रहेका चालकसहित अन्य व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यस घटनालाई गम्भीर रूपमा लिइएको छ र बरामद गरिएको हतियारको स्रोत तथा प्रयोगको उद्देश्यबारे अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर