animated ellipse animated ellipse

बाढीले बगाएर ल्याएको अवस्थामा विराटनगरको सिंघिया खोलामा शव भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ असार २०७७, सोमबार १९:०३
3
Shares
विराटनगर / सिंघिया खोलामा आएको बाढीले बगाएर ल्याएको अवस्थामा विराटनगर ८ अशोकचौकमा शव भेटिएको छ ।

बाँस झ्याङ्गमा अडकाएको अवस्थामा आज एक जना पुरूषको शव फेला परेको हो ।
अशोक चौकमा स्थानिय बालवालिकाहरूले खोलामा बगेको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । हाटखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकालेको छ ।

गाढीएको शव बाढीले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकर्दशन थापा, प्रहर िनिरिक्षक मिलन थापासहितको प्रहरी टोली पुगेको थियो ।

यस्तै गरि मोरङको कानेपोखरी गाउँपालिका –२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार बेलुका ८ बजे देखि अचानक घरबाट निस्किएका बृद्ध आज बिहान ११ बजे घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अवस्थामा रहेको भनी आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर