AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रचण्ड–माधव ओलीका मतियार हुन् –नेता डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७७, शनिबार १९:२१
369
Shares
विराटनगर / सरकारले गरेका गल्तीहरुमा नेकपाका प्रचण्ड–माधव समुह मुख्य मतियार बनेको आरोप नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लगाएका छन् ।

आज विराटनगरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सरकारको विरोध कार्यक्रमलाई संवोधन गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएको हुन् । पार्टी र सरकारमा ओलीले गलत निर्णय गरिरहदा सांक्षि बसेका प्रचण्ड र माधव पनि सहि छैनन् नेता कोइरालाले भने “वर्तमान स्थिती सिर्जना हुनुमा उनीहरु पनि दोषी छन् ।”

केपी ओलिले गरेका गलत कामको मतियार बन्न कांग्रेसले नहुने भन्दै नेता कोइरालाले प्रष्ट रुपमा प्रतिनिधिसभा पुनस्र्थापनाको आन्दोलनमा जानुपर्ने बताए । ओलीले गरेका सबै संवैधानिक नियुक्तिहरु असंबैधानिक भएकोले त्यो खारेज हुनुपर्नेमा पनि जोड दिए ।

काँग्रेस लोकतान्त्रिक पद्दतिप्रति प्रतिबद्ध भएको भन्दै नेता कोइरालाले न्यायालयको आदेश पर्खने बताए । उनले भने न्यायालयले जनतालाई न्याय दिन्छ ,संसद पुनस्र्थापना हुन्छ । उनले चुनावबाट नभाग्ने भन्दै अदालतको फैसला संगै जनताको पक्षमा कांग्रेस आन्दोलित बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर