animated ellipse animated ellipse

विचार गरेर मतदान गर्न मतदातालाई प्रदेश उम्मेदवार रेग्मीको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०७९, मंगलवार १६:५६
180
Shares
विराटनगर / विगतमा आफुले गरेका कामलाई हेरेर जनताले आफुलाई मतदान गर्ने मोरङ ६ ‘१’ का स्वतन्त्र उम्मेदवार गोपाल रेग्मीले बताएका छन् ।

आज विराटनगरमा पत्रकार सम्मेलन मार्फत मोरङ ६ ‘१’ का प्रदेशसभा सदस्य उम्मेदवार रेग्मीले यस्तो बताएका हुन् ।

विराटनगर महानगरपालिकाका पूर्वकार्यकारी प्रमुख समेत रहेका रेग्मीले बिगतमा आफुले गरेका कामलाई विश्वास गरेर जनताले आफुलाई मतदान गर्ने बताएका हुन् । उहिले मतदातालाई भेट्न र उनीहरूका समस्या सुन्न ब्यस्त भएको उनले बताए । काङ्ग्रेसका केदार कार्की र एमालेका पर्शुराम बस्नेत पनि सोही क्षेत्रका उम्मेदवार हुन् ।

नेपाली काङ्ग्रेस निकट उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले विचार गरेर मतदान गर्न समेत आग्रह गरेका छन् । उनले भने, ‘चुनावको बेला आएर ढोग्नेले पाँचवर्षसम्म ढोगाउँछन् । विचार गरेर मत हाल्नुहोला ।’

विराटनगरमा निर्माण भएका सडक, बसपार्क र तारिणीप्रसाद सञ्चार ग्राम निर्माणको काममा स्रोत व्यवस्थापन गर्न सफल भएको उनको दावी छ । उनले आफ्नो उमेदवारीमा कुनै शंका नगर्न समेत मतदातालाई आग्रह गरेका छन् ।

रेग्मीले राजनीतिप्रति आमजनतामा कुण्ठा र वितृष्णा बढेको समेत बताएका छन् । राजनीतिक दलको दम्भ तोड्न आफू स्वतन्त्र उम्मेदवार बनेको उनको भनाइ छ । ‘राजनीति आफैँमा खराब हैन । त्यहाँबाट सही निर्णय हुनुपर्छ भन्ने आमबुझाइ र मान्यता छ । तर खराब पात्रहरुका हातमा राजनीति पुग्यो,’ उनले भने, ‘त्यही भएकाले मुलुक समृद्धिको बाटोमा जान सकेन । जनतामा आक्रोश बढ्यो । गलत व्यक्तिहरुले राजनीतिलाई आफ्नो मुठीमा राखेका छन् ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर