animated ellipse animated ellipse

विराटनगर आँखा अस्पतालमा दुर्घटना, सुरक्षागार्ड गम्भिर घाइेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०७९, शनिबार १५:००
25.58k
Shares
विराटनगर / विराटनगर–१३ रानीस्थित विराटनगर आँखा अस्पतालमा सवारी दुर्घटना परि एक जना सुरक्षागार्ड गम्भिर घाइते भएका छन् ।

विराटनगर आँखा अस्पतालका चिकित्सकको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड गम्भीर घाईते भएका हुन् ।

गाडीकोको ठक्करबाट गेटमा कार्यरत सुरक्षा गार्ड विराटनगर ४ का अन्दाजी ४५ वर्षीय गुरुप्रसाद लुँईटेल गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा भइरहेको छ ।

अस्पताल भित्र प्रवेश गरेको गाडीले गेटमा ठक्कर दिएको थियो । ठक्करबाट गेट उछिटिएको छ । तेही गेटले थिचेर सुरक्षा गार्ड लुइटेल घाइते भएका हुन् ।

सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक पर्सा ८ का ३४ वर्षिय दिनेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर