AArya
RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ चैत्र २०७९, सोमबार १६:५०
315
Shares
विराटनगर/ विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले आज कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

कलेजले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी आठौं ब्याचको ८ सय १९ जना कलेजमा कक्षा १२ अध्ययनरत विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेको हो ।

कार्यक्रममा कलेजको लिएको आन्तरीक परीक्षामा उत्कृट हुने कक्षा–१२ का विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको छ । कार्यक्रममा उपस्थित सवैलाई कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य तथा गित गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल दिपक पोखरेल, निर्देशकहरु राजिव मिश्रा, शिवनारायण यादव र कुष्ण यादव तथा शिक्षक भवानी दाहालले शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । सोही अवसरमा कलेजबाट विदाई हुन लागेका मनिष साह, प्रशिका कार्की, अर्जुन सरदार र दिया साहले कलेजमावितेका दुई वर्षका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर