खबर पूर्वाञ्चल
होमआईसोलेसनबाट १ सय ९३, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट १२–१२, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आईसोलेसन केन्द्र र विराट मेडिकल कलेजबाट २–२ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ४६ पुगेको छ ।
आज थपिएका ४७ जना संक्रमित थपिएका मध्ये मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभा र प्रदेश १ बाहिर १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १५, जहदामा २, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ६, इटहरीमा ३, दुहवी र स्थानीय तह नखुलेका १–१, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार १ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ । आज ४ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा २४ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।