विराटनगरमा मानाइयो उद्यौली पर्व

खबर पूर्वाञ्चल, २२ मंसिर २०७९, बिहीबार १५:०३
684
Shares
विराटनग ११ साकेला थानमा साकेला नृत्य प्रस्तुत गर्दै किराँत धर्मावलीहरु । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / किराँत धर्मालम्वीहरुको महान पर्व उद्यौली पर्व आज विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

किराँत राई यायोक्खा नगर कार्य समिति विराटनगरको आयोजनामा आज विराटनग ११ साकेला थानमा पुजापाठ गरी विधिवत रुपमा महान पर्व उद्यौली मनाईएको हो ।

पर्वको अवसरमा विराटनगरमा रहेको साकेला थानमा सबै किराँत समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । साकेला नाचमा किराँत समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो । उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किराँत राई यायोख्खा नगर परिषद्का सचिव कुन्ता राईले बताइन् ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृति पूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किराँत समुदायले यो पर्व मनाउने सचिव राईले बताईन् ।

परम्पराअनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला संयुक्त रुपमा मनाउने गर्दछन् । किराँत समुदायकोे मूख्य पर्व साकेला उभौली वैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।

उधौलीको अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५