खबर पूर्वाञ्चल
सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा उभिएर आजदेखि अभियानको थलानी गरेको हो । ट्राफिक नियमको उल्लघंनको कारणले जिल्लामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सन्देशमुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानले जानकारी दिए । यो अभियान एक हप्तासम्म संचालन हुने उनले जानकारी दिए ।
‘डियूटिमा रहेका ट्राफिक प्रहरीले सन्देश मुलक प्लेकार्ड बोकेर सडकमा उभिने अभियान सुरू भएको छ । जसले गर्दा सवारी चालकहरुले ट्राफिक नियमको पालना गराउन सहयोग पुग्नेछ,’ ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले भने, ‘यो अभियान एक हप्तासम्म मोरङ जिल्ला भरीमा लागू हुनेछ ।’ यस्तो अभियानले सवारी दुर्घटनामा न्यूनिकरण हुने हामीले अपेक्षा राखिएको उनले बताए । ट्राफिक प्रहरीले तीव्र गति जीवन क्षति, मादक पदार्थ सेवन गरी सवाधारी साधन नचलाऔं, सवारी चलाउँदा मोवाइल फोनको प्रयोग नगरौँ, भन्ने जस्ता प्लेकार्ड बोकेर सडकमा उभिएका छन् ।
चालक र सहचालकलाई पनि दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘हामीले चालक र सहचालकलाई सवारी साधन ओभरटेक नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराएका छौं । प्रहरी निरीक्ष न्यौपानले भने, ‘सामूहिक रुपमा चालक र सहचालकलाई एकठाउँमा भेला गरेर हामीले प्रशिक्षण दिएका छौं ।’
ट्राफिक प्रहरीले थालेको सचेतना अभियानले सवारी दुर्घटनामा कमी आउने पनि अपेक्षा गरिएको उनले बताए । ट्राफिक प्रहरी पोस्ट निमुवाले पनि अभियान सुरु गरेको छ । दुर्घटना न्युनिकरणको लागि प्लेकार्ड बोकेर अभियान सुरु गरिएको ट्राफिक प्रहरी पोस्ट निमुवका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले जानकारी दिए ।