खबर पूर्वाञ्चल
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १६ हजार ८ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोनामुक्त हुनेको संख्या संख्या ८ हजार ८९१ पुगेको छ ।