रथयात्रामा उश्रृखल गतिविधि गर्ने ५६ जना पक्राउ

खबर पूर्वाञ्चल, ४ भाद्र २०७९, शनिबार २२:११
1.12k
Shares
विराटनगर / विराटनगरमा निस्किएको राधाकृष्ण रथयात्राको बेला उश्रृखल गतिविधि गर्ने ५६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो निस्किएको रथयात्राको बेला उश्रृखल गतिविधि गरेको पाइएपछि साँझसम्ममा ५६ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उश्रृखल गतिविधि गर्नेलाई अहिले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छु डिएसपी श्रेष्ठले भने, ‘पक्राउ गरेको व्यक्तिहरूलाई स्क्रिनिङ गर्ने काम भइरहेको छ । उनीहरूको कसुरको मात्र हेरेर थप प्रक्रिया अगाडी बढनेछौं ।’

रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षाकर्मी परिचालन, निगरानी र आन्तरिक व्यवस्थापन लगायतका सुरक्षा रणनीति तय गरेको कारणले कुनै पनि अप्रिय घटना नभएको बताए ।

रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने गरेको थियो । नौ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालित भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका तीन जना डिएसपी फिल्डमा खटिएका थिए ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खट यात्रा मात्रै निकालिएको थियो । आजनिस्किएको रथयात्रा भव्य भएको छ ।
पक्राउ परेका सबै पुरूष रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५