सिन्धुपाल्चोकको मेलम्ची र आसपासका खोलामा आएको बाढीले ५० जना भन्दा बढी बेपता, ७ जनाको मृत्यु

खबर पूर्वाञ्चल, २ असार २०७८, बुधबार ०८:४१

सिन्धुपाल्चोक / लगातारको भीषण वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची र आसपासका खोलामा आएको बाढीले ठूलो बितण्डा मच्चाएको छ ।

बाढीले आसपासका वस्ती बगाएर धेरै ठूलो क्षति गरेको भए पनि अहिलेसम्म यकिन विवरण प्राप्त हुन सकिरहेको छैन । तर नेपाल सरकारका स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले ५० औँ जनालाई बाढी र पहिरोले बेपत्ता बनाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् ।

अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

आसपासका सबै ठाउँमा विद्युत सेवा अवरुद्ध छ । मन्त्री तामाङले मेलम्ची खोला र ईन्द्रावती नदीमा आएको बाढीले ५० औँ जनालाई बेपत्ता बनाएको उल्लेख गरेका छन् । बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । हिजो बेलुका साढे ६ बजे हेलम्बु १ स्थित नाकोटे भन्ने ठाउँमा ठूलो पहिरो गएको थियो । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौटे भन्ने बजार पनि डुबानमा परेको छ ।

त्यस्तै नाकोते, तिम्बु, फट्ट, मेलम्ची, बाहुनेपाटी, ढाँडखोला लगायतका धेरै पुलहरु बगाएको उनले बताए । नदी किनारका सबै संरचना ध्वस्त बनाउँदा अरबौ रुपैयाँको क्षति भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

मन्त्री तामाङले प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहातमा जुटन अपिल गरेका छन् । बाढी प्रभावित क्षेत्रमा सरकारले जतिसक्दो चाँडो टेण्ट र खाद्यान्न पुर्याउने जानकारी उनले दिए ।

तामाङले बाढी र पहिरोबाट घरबारविहीन बनेकालाई बस्नका लागि आश्रय दिन पनि घर भएकाहरुलाई आग्रह गरेका छन् । उनले अन्तराष्ट्रिय समुदायसँग विपत्तिमा साथ दिन अपिल गरेका छन् ।

समस्यामा परेहरुलाई तत्काल सम्पर्क गर्न मिल्ने गरी मन्त्री तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो र आफ्नो सचिवालयको मोबाइल नम्बर उपलब्ध गराएका छन् । उनले आफूसँग सम्पर्क स्थापित हुन नसक्दा स्वकीय सचिव निर्मल बञ्जरालाई पनि सम्पर्क गर्न सकिने जनाएका छन् । साथै स्थानीय प्रशासन र जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कमा रहेर विपत्तिमा परेकालाई सहयोग गर्न मन्त्री तामाङको अपिल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५