पूर्वाञ्चल खबर
विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि समाजमा योगदान पु¥याउनुको साथै पुर्वाग्रह तोडनुहोसको भावना अनुरुप समाजमा व्याप्त महिला प्रतिको पूर्वाग्राहलाई कम गर्ने उदाहरणीय पाँच जना महिलाहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा सुनसरीको इटहरीस्थित माया घरकी राधिका दासी, विराटनगरकी अन्तर्राष्टिय महिला क्रिकेट अम्बिका बुढोथकी र लक्ष्मी चौलागाई शर्मा , नर्सिङ सेवामा लामो समयदेखि कार्यरत मेनुका भण्डारी, एक खुट्टाले नृत्य गर्ने निलम ढुंङगनालाई सम्मान गरियो ।
सम्मानित भएका महिलाहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले सम्मान गरेकी थिइन् ।
न्यूरोले लियो क्बल अफ विराटनगर महानगर तथा लायन्स क्लब अफ विराटनगर शुभम सँगको सहकार्यमा नारी दिवस मनाएको हो । सोही अवसरमा आज विहान सचेतना मुलक ¥याली पनि निकालिएको थियो । ¥यालीमा अस्पतालका महिला कर्मचारीहरु, विद्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहनेछ ।
अस्पताल परिसरदेखि सुरू हुने सचेतना मुलक ¥याली नगर परिक्रमा गर्दै अस्पताल नजिक रहेको सिटी प्यालेसमा आएर कार्यक्रममा भएको थियो ।
कार्यक्रममा प्रदेश सांसद बिन्धिया कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसी, न्यूरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेद्रकुमार विष्ट, प्रसूती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री श्रेष्ठ, लायन्स क्लब अफ विराटनगर सुभमको अध्यक्ष बिनिता कार्कीलगायतले बोलेका थिए ।