animated ellipse animated ellipse

एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ पुष २०७८, बिहीबार १९:२१
180
Shares
विराटनगर / नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । विराटनगरको होटल मनास्लुमा भोली विहान ११ वजेदेखि शुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर हुने जिल्ला सम्मेलनको एकै पटक भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

जिल्ला अधिवेशनमा स्थायी कमिटी सदस्यहरु लालबााबु पण्डित, गुरु बराल, डा.शिवमायाँ तुम्वाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरुको सहभागिता रहने बताईएको छ । जिल्ला अधिवेशनमा १ हजार ४ सय ३० जना प्रतिनिधि सहभागी हुने उनले बताए । पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरु आयोजकका रुपमा प्रतिनिधि रहने उनले बताए ।

जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट पनि प्रतिनिधि सहभागि हुने खतिवडाले बताए । ‘वैचारिक गतिशिल र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा सम्वृद्ध मोरङ’ नाराका पुस २३ र २४ गते हुने अधिवेशनले पूर्ण समावेशी नेतृत्व चयन गर्ने सचिव खतिवडाले बताए । उनले भने,‘ जिल्ला कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् ।’

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव,उपसचिव २ सहित १६५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने खतिवडाले बताए ।

विद्युतिय माध्यमबाट उद्घाटन हुने
सम्मेलन स्थलको मञ्च आधुनिक शैलीमा सिंगारिएको छ । मञ्च व्यवस्थापनको काम करिव अन्तिम चरणमा पुगेको छ ।

विद्युतिय माध्यमबाट उद्घाटन हुने सम्मेलनको मञ्च स्थलको साज सज्जा फरक शैलीको भएको मञ्च व्यवस्थापन उपसमितिका संयोजक मुकेश बुढाथोकीले बताए । मञ्च स्थल छरितो रुपमा सजाईएको छ ।

राष्ट्रिय महाधिवेशन भन्दा पनि मोरङको अधिवेशनको मञ्चको सजावट राम्रो रहेको बुढाथोकीले बताए । उनले मञ्चलाई छरितो र आर्कषक बनाउने योजना अनुसार व्यस्थापन गरिएको बताए । मञ्च स्थलमा मोरङका जातजाती झल्कने चित्रलाई पनि राखिएको बुढाथोकीले बताए । उनले भने,‘ यसअघिका सम्मेलनको भन्दा यस पटकको मञ्च राम्रो छ ।’

मञ्चको स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुले अवलोकन गरे । नेताहरुको अवलोकन पनि प्राप्त सुझावलाई पनि समेटेर कामलाई अन्तिम चरणमा पु¥याईएको बुढाथोकीले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर