AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आचारसंहितालाई सञ्चारकर्मीहरुले गम्भीररुपमा लिनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० श्रावण २०७८, आईतवार १९:००
423
Shares
विराटनगर / पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् ।

तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज विराटनगरमा आयोजित एक दिने क्रियाशील पत्रकारहरुलाई लागि आचारसंहिता तालीम कार्यक्रममा सहभागीहरुले पत्रकारहरुहरुले समाचार सङकलन र सम्पेषणमा आचारसंहितलाई ध्यानमा राखि कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पत्रकारिता समाजको दर्पणको रुपमा रहेकाले स्वतन्त्र, सत्य र तथ्यमा आधारित भएर खोजमूलक र व्यवसायिक पत्रकारिता गर्नु पर्नेमा जोड दिए । उनले महानगरले पत्रकारिता क्षेत्रलाई सहयोग गर्दै आएको छ भन्दै यस क्षेत्रमा युवापुस्तालाई आकर्षण गर्न सङ्घीय सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले वर्तमान अवस्थामा पत्रकारिता चुनौतिपूर्ण रहेको चर्चा गर्दै आचारसंहितालाई सञ्चारकर्मीहरुले गम्भीररुपमा लिनुपर्ने सुझाव दिए ।

विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले पत्रकारहरुले ज्ञानको आफ्नो भण्डारलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

फाण्उण्डेशनकी अध्यक्ष सुरु सुवेदी, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारी, मोरङ अध्यक्ष संजिव खनालले आचार संहिताको कार्यान्वयनबाट पत्रकारहरु दक्ष र सुरक्षित हुने बताए ।

कार्यक्रम संयोजक डिल्लीरमण सुवेदी, प्रेस काउन्सिलका वरिष्ठ अधिकृत दिपक खनाल र विज्ञापन वोर्डका अध्यक्ष हुमागाईले पत्रकार आचारसंहिता विषयक कार्यपत्र पत्र प्रस्तुत गरे ।

तालीममा छापा, विद्युतीय र अनलाईन सञ्चार माध्यमका २५ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर