RUMPUM
animated ellipse animated ellipse

उत्कृष्ट हुने विद्यार्थीलाई शिक्षादीपको नगद सहिद सम्मान र पुरस्कार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०८०, मंगलवार १६:४१
1.18k
Shares
विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।

कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १ सय ३८ जना विद्यार्थीलाई आज सम्मान र पुरस्कार वितरण गरेको हो ।

सम्मानित हुने १ सय १८ जना विज्ञान संकाय र २० जना ब्यवस्थापन संकायका कक्षा ११ र १२ का विद्यार्थीहरू रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले निश्चित मापदण्ड तय गरी उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । कक्षा ११ र १२ मा २ हजार ५ सय विद्यार्थीहरू अध्ययरत रहेका मध्ये ७५ प्रतिशत अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको कलेजले जनाएको छ । उत्कृष्ट मध्ये पनि प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट दशभित्र पर्ने ४२ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको छ । ६० प्रतिशत अंक ल्याउने तीन सय भन्दा बढी विद्यार्थीहरुलाई कलेजले यसअघि छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।

कोशी प्रदेशभित्र कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको रुपमा चिनिएको शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणलेले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङमा पनि छात्रवृत्तीमा नाम निकाल्न सफल छन् । त्यसैले गर्दा कलेजले हप्ताको प्रत्येक शनिबार मेडिकल र इन्जिनियरिङको तयारि कक्षा हुने गरेको प्रिन्सिपल खड्काले बताए । ११ र १२ कक्षाका विद्यार्थीहरुको लागि तयारी कक्षा पनि सुरु गरिएको कलेजले जनाएको छ । ‘विद्यार्थीहरूलाई दक्ष प्रध्यापक र शिक्षकहरूबाट पठनपाठन र विद्यार्थीहरुको मेहनतको कारणले कलेजले सफलता लिएको हो,’ प्रिन्सिपल खड्काले भने, ‘हामीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी रहेको छैन । विद्यार्थीहरुको इच्छा र चाहना हामीले शिक्षामा पु¥याएका छौं ।’

उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार र सम्मान कलेजका प्रिन्सिपल खड्का, विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशकहरु शैलेन्द्र सिवाकोटी, भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारले वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर