animated ellipse animated ellipse

विराटनगरको संसारी माइस्थान आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु, राधिका दासीले कथा वाचन गर्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०८१, शुक्रबार १६:३२
972
Shares
विराटनगर / विराटनगरमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

अन्तर्राष्ट्रिय कथावाचिका भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर्ने छिन् ।

विराटनगर–१० मा रहेको श्री संसारी माइस्थान संरक्षण समितिले सप्ताहव्यापी ज्ञान भागवत महायज्ञको आयोजना गरेको हो । आजदेखि सुरु भएको श्रीमद्भागवत महायज्ञ २९ गतेसम्म हुनेछ । ७ दिनसम्म राधिका दासीले श्रीमद्भागवत महायज्ञको कथा वाचन गर्ने छिन् ।

श्रीमद्भागवत महायज्ञको कथा वाचन सुरु हुनु अघि आज विहान विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको अगुवाइमा कलश यात्रा निकालिएको थियो । जुन कलश यात्रामा कथावाचिका राधिका दासी सहभागि भइन । नेपाली कांग्रेसका नेता एवं संघिय सांसद डा. शेखर कोइरालाले श्रीमद्भागवत महायज्ञको उद्घाटन गरेका थिए ।

श्री संसारी माइस्थान संरक्षण समितिका अध्यक्ष कृष्णबहादुर मास्के र श्रीमद्भागवत महायज्ञ मुल आयोजक समितिका संयोजक हरिभक्त सिटौलासहित आयोजक समितिका पदाधिकारी र सदस्यहरू श्रीमद्भागवत महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्न जोडतोडका साथ काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर