प्रदेश १ मा कोभिडविरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको छ : मन्त्री राई

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७८, बिहीबार २०:२८

विराटनगर /प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताएकी छिन् ।

प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग आज भएको छलफलका क्रममा मन्त्री राईले सो कुरा बताएकी हुन्  ।

कोरोना संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनले   बताइन् । छ्लफलका क्रममा    निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न माग गरे । उनले वैकल्पिक विधिबाट शिक्षालाई अगाडी बनाईने समेत बताए। उनले भने,‘ सँधै विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।’

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवस्यक रहेकोमा जोड दिए । उनीहरुले खोपलाई प्राथमिकता दिन आग्रह   समेत आग्रह गरे । नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवस्यकता औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५