ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अदृश्य शक्तिको रुपमा सञ्चारकर्मीहरुले काम गरेको– प्रदेश प्रमुख अधिकारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७७, सोमबार १९:०९
243
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश १ समितिको दोस्रो अधिवेशनको आज विरानगरमा उद्घाटन गर्दै उनले समाचारको सम्प्रेषणबाट राष्ट्र र समाजमा सुशासन एवं नैतिकता कायम गर्न ठूलो भूमिका निर्वाह गरेको बताए । प्रदेश प्रमुख अधिकारीले पत्रकारहरुले आफ्नो कलम मार्फत दुर्गम र सीमान्तक्षेत्रका जनताको समस्या एवं भौतिकपूर्वाधार निर्माणमा भएको कमी कमजोरीलाई पहिल्याउनु पर्नेमा जोड दिए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न सञ्चारकर्मीहरुको ठूलो भूमिका रहने चर्चा गर्दै जवाफदेहिताका साथ कार्य गरेमा मुलुकको समृद्धि कायम हुने विश्वास व्यक्त गरे । प्रदेश सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले महासंघ साझा संस्थाको रुपमा अगाडि वढ्नु पर्नेमा जोड दिदै पत्रकारहरुको वृत्ति विकास एवं स्वास्थ्य उपचारका लागि नवगठित प्रतिष्ठानले सहयोग गर्ने जानकारी दिए ।

साधारणसभामा महासंघका केन्द्रीय सदस्यद्वय उद्धव तिम्सिना र सटेन्द्र जवेगुले सचेत नागरिकको रहेका सञ्चारकर्मीहरुले समाजमा रहेका विकृति र विसङ्गति हटाउन कार्य गर्नुपर्नेमा जोड दिदै पत्रकारहरुलाई सक्षम बनाउन तालिम र अभिमुखीकरणको व्यवस्या हुनुपर्ने बताए ।
साधारणसभामा प्रदेश महासंघका अध्यक्ष बिक्रम लुईटेलको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर