AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा २९ लाख नागरिक स्वास्थ्य बीमामा आवद्ध

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०८२, बुधबार १८:२०
18
Shares
विराटनगर / कोशी प्रदेशमा स्वास्थ्य वीमामा २८ हजार ६१ हजार ८५२ जना अर्थात ५७ दशमल ५६ प्रतिशत नागरिक आवद्ध रहेका छन् ।

स्वास्थ्य वीमा कार्यालयका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले स्वास्थ्य बीमाको १० औँ स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा कुल वीमित परिवारको सङ्ख्या पाँच लाख ५७ हजार ७१२ परिवार अर्थात ४९ प्रतिशत रहेको जानकारी दिए।

यसैगरी कुल वीमितमध्ये मध्ये सेवा लिनेको सङ्ख्या १९ लाख २५ हजार १९७ जना रहेका छन् भने नवीकरण ७३ दशमलव प्रतिशत गरेको उनले बताए। यस्तै आर्थिक २०८१÷८१ सम्ममा बीमितबाट चार अर्व ९९ करोड १३ लाख ७२ हजार ५७१ रकम संकलन भएको छ भने आर्थिक वर्ष २०८०÷८१ सम्ममा १२ अर्व ७२ करोड ५८ लाख २८ हजार ४०७ सेवा प्रदायक सस्थालाई भुक्तानी गरिएको छ।

प्रदेशमा वोर्ड अन्तर्गत सरकारी ९३ बटा, सामुदायिक पाँच र नीजि २१ वटा गरी जम्ममा ११९ वटा सेवा प्रदायक संस्थाहरु सुचितकृत भएका छन् ।

यसैगरी वीमा दर्ता सहयोगीका रुपमा एक हजार २६६ जना रहेका छन् भने प्रदेशको १४ जिल्लामा यो कार्यक्रम विस्तार गरिएको छ। सो अवसरमा प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्वुले यो कार्यक्रमले आम नागरिकले स्वास्थ्य सेवामा सहज पहुँच पु¥याएको बताए। वीमाले स्वास्थ्य उपचार मात्र नभएर सामाजिक सुरक्षा र आर्थिक संरक्षण पनि गरेको विचार उनले राखे ।

मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले स्वास्थ्य विमामा प्रदेश सरकारले पनि सहयोग पु¥याउनु पर्ने सुझाव दिए। स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक डा. ज्ञानबहादुर बस्नेतले स्वास्थ्य विमाले नागरिकको आर्थिक जोखिम न्यून गर्ने भएको सबै नागरिकलाई आवद्ध गराउन जनचेतना वृद्धि गराउनुपर्ने सुझाव दिए।

कार्यक्रममा स्थानीय सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले नागरिकलाई उपचारमा कुनै भेदभाव नगरिएको दावी गर्दै समयमा वीमाको रकम भुक्तानी हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर