खबर पूर्वाञ्चल
ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम सञ्चालन सहयोगको लागि अक्षयकोष खडा गर्न पाँच लाख सहयोग गरेका हुन् ।
विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आज कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम सञ्चालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरिदिएका हुन् ।
बस्नेतले ओशो सन्यासीमाझ भने,“म पनि ध्यान र साधनासंग जोडिएको छु । आश्रमसंग मेरो पनि लगाव छ । आश्रममा ध्यानलगायतका गतिविधि गर्न थोरै भएपनि सहयोग पुगोस भन्ने अभिप्रायले सहयोग गरेको हुँ ।” विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना कहरपछि पछि स्थगित रहेको बताइएको छ ।